चीनद्वारा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लागाउने प्रस्ताव अस्वीकार

म्यान्मारमा जारी सैन्य ‘कू’ विरुद्ध पछिल्लो समय विश्वव्यापी रुपमा आवाज उठ्न थालेको छ। 

विभिन्न देशहरुले म्यान्मारका जनतामाथि सेनाले गरेको दमनको विरोध गर्दै आएका छन्। 

यसैबीच म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पेश भएको म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेको हो।

राष्ट्रसंघका लागि चिनियाँ दूतले म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउँदा झनै तनाव बढ्ने भन्दै प्रस्ताव अस्वीकार गरेका छन्।

गत शनिवार एकैदिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि सुरक्षा परिषद्‌को आपतकालीन बैठक बोलाइएको थियो।

म्यान्मार सैन्य‘कू’ विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। हालसम्म ५ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ।



म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

सेनाको बर्बर दमनबाट अत्तालिएका बर्मेलीहरु (तस्बिरसहित)

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली (तस्बिरसहित)

प्रकाशित मिति: : 2021-04-01 09:26:00

प्रतिकृया दिनुहोस्