नेपाल राजनीतिक विवाद: 'केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता वा मङ्सिरमा निर्वाचन'

बिबिसी

काठमाडौं

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ दुई विपक्षी दललाई नयाँ सरकार गठनबारे अन्तिम धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।

उक्त दलको बिहीवार बसेको स्थायी समितिको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने विषयमा औपचारिक धारणा सार्वजनिक गर्न माग गरेको हो।

अध्यक्ष प्रचण्डले हालसालै केही दिनअघि भित्रै निर्णायक कदम चाल्ने बताएका थिए।

उक्त दलका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'हामी नयाँ सरकारद्वारा यो सरकार विस्थापित गरी पुनर्स्थापित संसद्लाई सक्रिय तुल्याउँदै संविधान अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न चाहन्छौँ, त्यसमा उहाँहरूको फाइनल धारणा स्पष्ट रूपमा आउनु पर्‍यो।'

प्रकाशित मिति: : 2021-04-01 16:54:00

प्रतिकृया दिनुहोस्