एमाले र माओवादी केन्द्र एक्ला-एक्लै निर्वाचन लडेका भए के हुन्थ्यो परिणाम?

सेतोपाटी

काठमाडौं

२०७४ को संघीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी गठबन्धन गरेका थिए।

त्यही गठबन्धनका कारण संघीय संसदका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एमाले ८० र माओवादीले ३६ सहित १ सय १६ क्षेत्रमा विजय हासिल गरेका थिए।

प्रत्यक्ष र समानुपातिक गरी एमाले-माओवादी गठबन्धनले झन्डै दुई तिहाइ बहुमत ल्याएको थियो। त्यही बहुमतका आधारमा २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बने।

२०७५ जेठ ३ गते दुई पार्टीको एकता भएर नेकपा गठन भयो। पार्टीभित्रको अन्तरसंघर्षका कारण प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरे।

२०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई खारेज गर्‍यो। अर्कोतिर फागुन २३ गते सर्वोच्चले एमाले-माओवादी एकता भएर गठन भएको नेकपा खारेज गरिदियो। एमाले र माओवादी केन्द्रलाई पुर्ववत्: रूपमा ब्युँताइदियो।

प्रकाशित मिति: : 2021-04-01 18:08:00

प्रतिकृया दिनुहोस्