म्यान्मार सैन्य शासनः स्थिति 'नियन्त्रणबाहिर जान सक्ने खतरा'

बिबिसी

काठमाडौं

म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र 'नियन्त्रणबाहिर' जान सक्ने खतरा औँल्याएका छन्।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रूय कर्कवूडले बीबीसीलाई बताए।

उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशत गोली प्रहारबाट मारिएका छन्।

ती मध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालित गरिएको कर्कवूडले बताएका छन्।

कडा निन्दा

शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ।

एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।

प्रकाशित मिति: : 2021-04-02 06:55:00

प्रतिकृया दिनुहोस्