करिब नौ दिनपछि काठमाडौँको फोहोर उठ्ने भएको छ।
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि फोहोर विसर्जन उत्पन्न भएको समस्या समाधान भएको हो।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो।
लामो समयको अवरोधपछि शुक्रबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले पीडित पक्षहरुसँग छलफल गरेको थिए।