गुजरातको सबैभन्दा बुढो सिंहको निधन 

Photo : NewsBust
Photo : NewsBust

एसियाटिक लायन्सको नामले चर्चित भारतको गुजरात राज्यमा रहेको सबैभन्दा बुढो सिंहको शनिबार निधन भएको छ।

'धीर' नाम गरेको सिंहको उमेर २२ वर्ष थियो। जुनागढको सक्करबाग चिडियाघरमा रहेको यो जातको सिंहको उमेर १५ देखि १७ वर्षको बीच हुनेगरेको छ। यसअघि कुनै सिंहले २० वर्षको उमेर पनि पुरा गरेका थिएनन्।

सक्करबाग चिडियाखानाका अधिकारी निरव मकवाणाका अनुसार यो सिंह १७ वर्षदेखि एउटै चिडियाखानामा बसोबास गरिरहेको थियो।

उसलाई २००४ मा उद्दार गरेर चिडियाखाना ल्याइएको थियो। ५ वर्षको उमेरमा सक्करबाग चिडियाखानाको शोभा बनेको यो सिंहलाई हेर्न थुप्रै मानिस आउँथे।

पछिल्लो केही महिनादेखि बिरामी थियो।

प्रकाशित मिति: : 2021-04-03 18:28:00

प्रतिकृया दिनुहोस्