नक्सली आक्रमणमा २२ सुरक्षाकर्मीको निधन, ३० मारिएको आशंका 

Photo - Financialexpress
Photo - Financialexpress

भारतको छत्तिसगढमा नक्सलवादीसँग भएको भिडन्तमा हालसम्म २२ सुरक्षाकर्मीको निधन भएको तथ्य बाहिर आएको छ।

शनिबार छत्तिसगढको बस्तरस्थित बिजापुरमा ७ सय सुरक्षाकर्मीलाई घेरेर नक्सलीहरू आक्रमण गरेका थिए। यो घटनामा ३० जना मारिएको आशंका गरिएको छ।

विजापुरको तर्रेम क्षेत्रमा रहेको जोनागुडाको पहाडी क्षेत्र नक्सलीहरूको गढ मानिन्छ। यहाँ अहिलेसम्म अर्धसैनिक बलको रेस्क्यु टिम पुग्न सकेको छैन।

सुरक्षाकर्मीलाई २० दिनअघि नै ठूलो मात्रामा यो स्थानमा नक्सलीहरू आएको सूचना प्राप्त भएको थियो। तर, राम्रो योजना बनाउन नसक्दा घटना भएको भारतीय अखबारले बताएका छन्।

जोनागुडाको पहाडी क्षेत्रमा सुरक्षाकर्मी र नक्सलीबीच तीन घण्टा मुठभेड भएको थियो।



भारतमा पुनः नक्सलवादी सक्रिय, १० दिनमा दुई ठूलो हमला

सुवास घिसिङ भेट्न 'फण्ड' जुटाएर अमरेश पुगे दार्जीलिङ

प्रकाशित मिति: : 2021-04-04 16:04:00

प्रतिकृया दिनुहोस्