आइपीएलको १४ औं संस्करणमा सहभागी हुने खेलाडी तथा पदाधिकारीमा २० जना कोरोना संक्रमित भइसकेका छन्।
विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स, बेङ्लुरुका प्रारम्भिक ब्याट्सम्यान देवदत्त पडिक्कललाई पनि कोरोना पोजेटिभ भएपछि संख्या २० पुगेको हो।
पडिक्क्लसहित हाल तीन खेलाडी कोरोना संक्रमित भएका छन्। अन्यमा टिम स्टाफ रहेका छन्।
२० वर्षीय पडिक्कल हाल क्वारेन्टाइनमा छन्। भारतीय क्रिकेट बोर्डले यसको पुष्टि गरिसकेको छ। यसअघि दिल्ली क्यापिट्ल्सका अक्षर पटेल तथा कोलकाता नाइट राइडर्सका नितिश राणा पोजेटिभ भएका थिए।
शनिबार मुम्बईको वानखेडे स्टेडियमका १० सदस्यीय स्टाफ तथा ६ इभेन्ट म्यानेजरको रिपोर्ट पनि पोजेटिभ आएको थियो। चेन्नई सुपर किङ्सका एक सदस्य पनि संक्रमित भएका छन्।