चार्ल्स शोभराज: जेलभित्रबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको विषय अनुसन्धानमा के देखियो

बिबिसी

काठमाडौं

अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजले एक ब्रिटिश पत्रिकालाई जेलभित्रबाटै कसरी अन्तर्वार्ता दिन सफल भए भन्ने विषय उनी रहेको कारागारको अनुसन्धानका क्रममा समेत प्रस्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

चैत १४ मा एक ब्रिटिश पत्रिकामा प्रकाशित उनीसँगको अन्तर्वार्तामा आधारित भनिएको सामग्री प्रकाशित भएपछि केन्द्रीय कारागार सुन्धाराले त्यसको खोजबिन गरेको थियो।

उक्त कारागारका प्रमुख लक्ष्मी बाँस्कोटाले बीबीसीलाई भने, "उनले परिवारसँग सम्पर्क गर्ने नम्बर बाहेकमा फोन गरेको विवरण देखिएन। सायद त्यसक्रममा भएका संवादलाई पत्रिकाले प्रयोग गरेको हुनसक्छ।"

प्रकाशित मिति: : 2021-04-04 18:41:00

प्रतिकृया दिनुहोस्