ओली र प्रचण्डको पराजय

संघीय संसद्को निर्वाचन (२०७४) मा हारेपछि नेपाली कांग्रेसका एक नेताले भनेका थिए– कम्युनिस्टहरूको एकताका कारण कांग्रेस पराजित भएको हो।

प्रजातन्त्र पुनःस्थापना भएयता जति पनि आम निर्वाचनमा कांग्रेस विजयी भएको छ, अधिकांशतः कम्युनिस्ट पार्टीहरूको विभाजन नै मुख्य कारण थियो।

यसपटक पहिलोपटक नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइनजिक जित हात पारेको थियो। यो एकता तीन वर्ष मात्र कायम रह्यो।

नेपालको राजनीतिक इतिहासमा अधिकांश समय प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस एउटै र वामपन्थी पार्टी विभाजित नै रहे। २०४८ सालको संसदीय निर्वाचनमा वामपन्थी पार्टी नेकपा एमाले, संयुक्त जनमोर्चा र नेमकिपा थिए।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि कम्युनिस्ट पार्टीहरू तीनवटै थिए। यस निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्यो, तर स्पष्ट बहुमत पाउन सकेन।

प्रकाशित मिति: : 2021-04-05 13:46:00

प्रतिकृया दिनुहोस्