नेपाली चलचित्रमा चकलेटी अनुहारका नायक मानिन्छन्, अनमोल केसी।
'होस्टेल'बाट अभिनय सुरु गरेका अनमोलले हालसमम्म आधा दर्जनभन्दा बढि चलचित्र गरिसकेका छन्। उनको अभिनय खासै नरुचाएपनि उनको चकलेटी अनुहारको भने दर्शकहरु फ्यान छन्।
पछिल्लो समय अनमोलको प्रेम सम्बन्धको बारेमा एक मोडलको नाम जोडिएको छ।
केही म्यूजिक भिडियो, विज्ञापन र छोटा चलचित्रमा काम गरेकी आज्ञा कारन्जितसँग अनमोलको नाम जोडिएको छ।आज्ञाले अनमोलसँगको विभिन्न तस्वीर पोष्ट गर्दै प्रेमको रहेको हुनसक्ने संकेत दिएकी छन्।
अनमोलको जन्मदिनमा आज्ञाले ‘विशेष मान्छेको विशेष दिन’ भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन्।