उत्तर कोरियाले कोरोनाको बहाना बनाउँदै जापानमा यस वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा भाग नलिने भएको छ।
उत्तरको यो निर्णयपछि गेम अवधिमा सीमा विवादलाई लिएर हुनसक्ने वार्ताको वातावरण समाप्त भएको दक्षिण कोरियाको बुझाइ छ।
सन् २०१८ को विन्टर ओलम्पिकमा दुबै देशले संयुक्त रूपमा मार्चपास गरेका थिए।
प्योङयोङले आफ्नो देशमा कोरोनाको कुनै संक्रमित नरहेको बताउँदै आइरहेको छ। तर, विशेषज्ञहरू प्योङयोङको यो दावीलाई अस्विकार गर्छन। उत्तरसँग कोरोनाविरूद्ध लड्ने पर्याप्त स्वास्थ्य व्यवस्था नभएको उनीहरूको आरोप छ।
उत्तर कोरिया टोकियो ओलम्पिकबाट आफ्नो नाम फिर्ता लिने पहिलो देश हो।
प्रतियोगिता २३ जुलाईदेखि सुरु हुने बताइएको छ। सन् १९८८ यता पहिलो पल्ट उत्तर कोरिया ओलम्पिकमा सहभागी नहुन लागेको हो।