उजाड बन्यो बेलझुण्डी रंगशाला, सुक्यो लाखौंको बरमुडा दुबो

गएको हिँउदसम्मै बेलझुण्डी रंगशाला देख्नेहरू टक्क उभिएर नियाल्थे।

बीचमा हरियो दुबो र वरिपरि गुलाबी रंगको सेन्थेटिक ट्रयाकले जो कोहीलाई लोभ्याउँथ्यो।

तारबार बेरिएको भए पनि तुलसीपुर-घोराही सडक खण्डमै रहेको रंगशालाले सबैका आँखा तान्थ्यो।

पहिलो पटक देख्नेहरु भन्ने गर्थे- ‘वाउ! क्या दामी रंगशाला।’ कलकत्ताबाट ल्याएर रोपिएको बरमुडा दुबो आकाशबाट पानी पर्दासम्म रंगशालामा हराभरा थियो।

कच्ची सडक, माटोको ट्रयाक र घाँसे मैदानमा अभ्यास गर्दै आएका खेलाडीहरू जिल्लामै सेन्थेटिक ट्रयाकसहितको रंगशाला निर्माण भएपछि त्यहाँ खेल खेल्न र अभ्यास गर्न उत्साहित थिए।

प्रकाशित मिति: : 2021-04-07 10:09:00

प्रतिकृया दिनुहोस्