नयाँ चलचित्र 'विवेक' बन्ने भएको छ। चलचत्रिमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैँछन्।
चलचित्रको निर्माता माधव वाग्ले हुन्। उनले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र र कलाकारको बारे जानकारी दिएका हुन्।
चलचित्रको लागि कलाकारहरुको अडिसनसमेत खुला गरिएको छ। मधेसी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन गर्न लागिएको हो।
चलचित्रमा लेकनाथ कोइरालाको कथा रहेको छ। चलचित्र एकैपटक नेपाली, मैथिली र भोजपुरी गरी ३ भाषामा रिलिज गर्ने बताईएको छ।