सन् २०१४ मा बक्स अफिसमा राम्रो सफल भएको चलचित्र 'हिरोपन्ती'को दोस्रो संस्करण आउँदैछ।
चलचित्रको मुख्य भूमिकामा पहिलो संस्करणकै अभिनेता टाइगर श्रफ छन्। उनीसँग बरु नयाँ अभिनेत्रीले काम गदैछिन्।अभिनेत्री तारा सुतारियाले टाइगर श्रफसँग स्क्रिन शेयर गर्न लागेकी हुन्।
'हिरोपन्ती'को पहिलो संस्करण टाइगरको डेब्यु चलचित्र थियो। सन् २०१४ मा रिलिज भएको 'हिरोपन्ती'ले बक्स अफिसमा राम्रै दाम कलेक्शन गरेको थियो।
६ वर्षपछि त्यसकै दोस्रो संस्करण बन्न लागेको हो।