बंगाल चुनावमा हिंसा भड्किदा ५ सर्वसाधारणको निधन 

पश्चिम बंगालको लोकसभा चुनावमा दंगा भड्किदा ५ जनाको निधन भएको छ। यहाँ चौथो चरणअन्तर्गत ५ जिल्लामा ४४ सिटका लागि मतदान भइरहेको छ।

कुचबिहारको सितालकुचीमा तृणमुल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) समर्थकबीच भिडन्त हुँदा ५ जनाको निधन भएको छ भने ३ घाइते भएका छन्।

चुनाव आयोगका अनुसार शनिबार बिहान ११ बजेसम्म ३३ दशमलव ९८ प्रतिशत मतदान भइसकेको छ। चौथो चरणमा ३ सय ७३ उम्मेदवार उठेका छन्। यिनीहरूको भाग्यको फैसला १ करोड १५ लाख मतदाताले गर्दैछन्।

बंगालकै हुगलीमा भाजपा नेता लकेट चटर्जी चढेको कारमा स्थानीयले हमला गरेका थिए। उनलाई सुरक्षा बलले सुरक्षित बाहिर निकालेका थिए।

प्रकाशित मिति: : 2021-04-10 13:50:00

प्रतिकृया दिनुहोस्