आईपीएल: चेन्नाई र दिल्ली भिड्दै 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शनिबार)को खेलमा चेन्नाई सुपरकिंग्स् र दिल्ली क्यापिटल्स् भिड्दै छन।

खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।

चेन्नाई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रिने छ। दिल्लीको कप्तानी भने ऋषभ पन्तले सम्हाल्ने छन्।

दिल्लीका नियमित कप्तान श्रेयस अयरविना चोटका कारण टोलीबाट बाहिर रहने छन्।

प्रकाशित मिति: : 2021-04-10 15:24:00

प्रतिकृया दिनुहोस्