चुच्चे नक्सा नसमेटिएको भन्दै पत्रकार पुनले फिर्ता गरिन् राष्ट्रपतिबाट पाएको तक्मा

पत्रकार लक्ष्मी पुनले राष्ट्रपतिबाट पाएको तक्मा फिर्ता गर्ने घोषणा गरेकी छिन्।

उनले सम्मानस्वरुप आफूले पाएको तक्मामा नेपालले गतवर्ष अनुमोदन गरेको नयाँ नक्सा नसमेटिएको भन्दै तक्मा फिर्ता गर्ने घोषणा गरेकी हुन्।

शनिबार बिहान उनले सामाजिक सञ्जालमार्फत तक्मा फिर्ता गर्ने जानकारी गराइन्। उनले लेखेकी छन्, ‘जनयुद्ध कालमा बच्चा च्याँपेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वारुप राज्यले मलाई सुशोभित गरेका भन्दै म निकै हर्षित भएकी थिएँ, तर तक्मामा नजर जाँदा मन कटक्क खायो। जुन गणतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान भएन जस्तो लाग्यो।’ 

उनले थप्दै लेखेकी छन्,  ‘सच्चिएर चुच्चोसहितको तक्मा आयो भने मात्रै ग्रहण गर्नेछु। भोलि गृहमा बुझाउने निधो गरे।’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई उल्लेखनीय योगदान पुर्याएबापत चतुर्थ श्रेणीको प्रबल जनसेवाश्रीको तक्मा प्रदान गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-04-10 16:48:00

प्रतिकृया दिनुहोस्