२.८ अर्ब डलर जरिवाना तिर्दै अलिबाबा

एकाधिकार विरोधी नियमहरुको बर्खिलाप गरेको अभियोगमा चीन सरकारले चीनको सबैभन्दा ठुलो अनलाइन कम्पनि अलिबाबालाई २.८ अर्ब डलर जरिवाना गरेको छ।

उक्त कम्पनी र यसका सन्चालक जेक मा लाई अनेकौ प्रकारले नियन्त्रण गर्ने प्रयास गर्दापनि कम्पनीको प्रभुत्व बढ्दै गएको कारण चीन सरकारले जरिवाना गरेको अर्थविदहरुले बताएका छन्। 

चीनको स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेशनका अनुसार मा र उनको कम्पनीले प्रचलित कानून को बर्खिलाप गर्दै आएको छ। जरिवाना गराइएको रकम अलिबाबाले गत वर्ष गरेको आयको ४ प्रतिशत हो।

अलिबाबाले भने इमान्दारीपूर्वक जरिवाना तिर्ने र सरकारको फैसलालाई सम्मान गर्ने जनाएको छ।

यसैबीच अलिबाबाले हङकङबाट प्रकाशित हुने एक सय १८ वर्ष पुरानो दैनिक अखबार साउथ चाइना मर्निङ्ग पोस्ट, समाचार पोर्टल ३६केआर, चीनको ट्विटर जस्तो बिबो, अन्य डिजिटल र प्रिन्ट न्युज आउटलेटहरुमा लगानी गरेर पत्रकारितामा पनि कदम राखेको छ। तर चीन सरकारले अलिबाबालाई पत्रकारिताबाट आफ्नो लगानी हटाउन आदेश दिएको छ। 

प्रकाशित मिति: : 2021-04-10 20:47:00

प्रतिकृया दिनुहोस्