यसवर्षको ब्रिटिश एकेडेमी फिल्म र टेलिभिजन आर्ट अवार्ड (बाफ्टा) कार्यक्रमकाे सञ्चालन बलिउड अभिनेत्री प्रियंका चोपडाले गर्ने भएकी छन्।
लन्डनको रोयल अल्बर्ट हलमा आयोजना हुन लागेको कार्यक्रममा प्रियंका मुख्य सञ्चालिका हुनेछिन्। बाफ्टाले आफ्नो आधिकारिक सोसल मिडियाबाट यसको जानकारी दिएको हो।
प्रियंका चोपडा पनि यतिबेला श्रीमान निक जोनसँग लण्डनमै छिन्।
प्रियंकालाई कार्यक्रम चलाउदा फोबी डेन्भर, चेवेटेल इजियोफर, सिन्थिया अरिभो, हग ग्रान्ट, रिचर्ड ई. ग्रान्ट, टम हिडलस्टन, फेलिसिटी जोन्स, गुगु अम्बाथा-रोवे, जेम्स म्याकभो, डेभिड ओयलोव र पेद्रो पास्कलले सहयोग गर्ने बाफ्टाले जनाएको छ।