विभूषण नयाँ नक्सा जारी हुनुअघिको भएकाले नेपालको पुरानै नक्सा राखिएको : गृह मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले शुक्रवार वितरण गरेको विभूषणमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसहितको नक्सा नभई पुरानै नक्सा राख्नुको कारण खुलाएको छ। 

२०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण भएकाले त्यही बेलाको नक्सा रहेको गृह मन्त्रालयले जनाएको हो। 

विभूषणमा भारतले अतिक्रमण गरेको नेपाली भूमि नसमेटिएको भन्दै व्यापक आलोचना भएपछि गृह मन्त्रालयले उक्त स्पष्टीकरण दिएको हो।

'घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको छ, कोभिड–१९ को कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकोले हाल सुशोभन भएको हो', गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, 'नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोहीबमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ बैशाख १ मा गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।'
 

प्रकाशित मिति: : 2021-04-11 16:06:00

प्रतिकृया दिनुहोस्