राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता वैशाख ८ देखि

प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ।

‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एकला, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ। कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ। 

प्रकाशित मिति: : 2021-04-11 18:32:00

प्रतिकृया दिनुहोस्