इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले टस जितेर फिल्डिङ रोजको छ।
चिन्नाईस्थित चिदंबरम स्टेडियममा हैदराबाद र कोलकत्ता नाइट राईडर्स बीचको खेल सुरु भएको हाे। कोलकत्ता इयान मोर्गानको कप्तानीमा मैदानमा उत्रिएको छ भने हैदराबादको कप्तानी डेविड वार्नरले गरेका छन।
आईपीएलको तथ्याङ्गकमा हैदराबाद र कोलकत्ता १९ पटक आमने सामने भएका छन। जसमा कोलकत्ताले १२ र हैदरावादले ७ पटक जित हासिल गरेका छन।