किर्ते गरी आमाको सम्पत्ति हडप्ने नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा जेल चलान

कमल प्रभात

काठमाडाैं

नक्कली सहिछाप गरी आमाको सम्पत्ति हड्प्ने नेपाल राष्ट्र बैककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छन्।

आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको जाहेरीका आधारमा २४ चैतमा पक्राउ परेकी सुष्मालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए। 

प्रहरीले सुष्मामाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलाएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिहंका अनुसार जाहेरवाला आमा शोभाले सुस्माले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन्। 

०७६ मंसिरमा सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन्। त्यसपछि उनले आमाको बाबु भुपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो।

सुष्माले उक्त रकम जालसाजीपूवर्क झिकेपछि आमालाई बेवास्ता गरेको प्रहरीको भनाइ छ।



राष्ट्र बैंककी निर्देशक सुष्माले जालसाजी गरी आफ्नै आमालाई सडकमा पुर्याइन्

प्रकाशित मिति: : 2021-04-12 18:56:00

प्रतिकृया दिनुहोस्