अन्तिम ओभरमा १३ रन बनाउन नसक्दा राजस्थान चार रनले पराजित

photo : outlook india
photo : outlook india

राजस्थान रोयल्सले अन्तिम ओभरमा १३ रन जोड्न नसक्दा पञ्जाब किङ्सलाई ४ रनले खेल सुम्पिनु परेको छ। सोमबार राती भएको आइपीएल–२०२१ को पाँचौ खेलमा टस हारेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। प्रतिउत्तरमा राजस्थान ७ विकेट गुमाएर २ सय २१ रनमै खुम्चिन पुग्यो। 

कप्तानको भूमिकामा सञ्जु सामसनले आफ्नो पहिलो खेलमै सतक बनाए। उनी आइपीएलको पहिलो खेलमै सतक बनाउने खेलाडी बनेका छन्। आइपीएलमा उनको यो तेस्रो सतक थियो।

उनले आइपीएलमा सतकको सुचीमा एबी डिभिलियर्सको बराबरी गरेका छन्। तर, राजस्थानका कप्तानले सतक बनाए पनि त्यो बेकार भयो। अन्तिम ६ बलमा राजस्थानले १३ रन जोड्न सकेन र खेल पञ्जाबलाई सुम्पियो। 

पञ्जाबका लागि निर्णायक ओभर अर्शदीप सिंहले गरेका थिए। पहिलो ३ बलमा २ रन मात्र जोडेको राजस्थानका लागि चौथो बलमा सामसनले छक्का प्रहार गरेका थिए। पाँचौ बलमा रन बनेन।

अन्तिम बलमा राजस्थानलाई जितका लागि ५ रन आवश्यक थियो। सामसनले लामो सर्ट हान्ने प्रयास त गरेका थिए तर बल बाउन्ड्री लाइनमा उभिएका दिपक हुडाको हाथमा गएर रोकियो।

सामसन ६३ बलमा १ सय १९ रन बनाएर आउट भए। 
पञ्जाबका लागि केअल राहुलले ५० बलमा ९१, दिपक होडाले २८ बलमा ६४ र क्रिस गेलले २८ बलमा ४० रन बनाएका थिए। अर्शदीपले भने ३ विकेट लिए।

प्रकाशित मिति: : 2021-04-13 06:54:00

प्रतिकृया दिनुहोस्