रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई कोरोना संक्रमण देखिएको छ।
लिभरपुलविरुद्धको खेलअघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो। कप्तान रामोसलाई कोरोना पोजेटिभ देखिएको रियलले जानकारी दिएको छ।
यतिबेला रामोस क्वारेनटाइनमा बसिरहेका छन्। यससगैँ रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्।