परीक्षणको झन्झटले जोगबनी नाका सुनसान, मिल्स एरियामा भीडभाड

सेतोपाटी

काठमाडाैं

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आजकाल प्रहरीले  २५ जनाभन्दा धेरै जम्मा नहुन भन्दै माइकिङ गरिरहेको देखिन्छ। 

कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेपछि एक साताअघि महानगर र प्रशासनले चलिरहेको जुत्ता चप्पल मेलामा रोक लगाए।

विराटनगरमै  पाँच दिनयता फुटबलको यस्तो रौनक जारी छ, जहाँ दैनिक हजारौं दर्शक निर्धक्क फुटबलमा रमाइरहेका छन्।

सर्वसाधारणमात्रै होइन, प्रदेश सरकारका मन्त्री, सांसद, महानगरका मेयर सबै दिनहुँ फुटबल हेर्न जान्छन्। 

जुत्ता चप्पल मेला बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको सरकारले हजारौंको भीड लाग्ने फुटबलचाहिँ किन रोकेन?

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज पोखरेल भन्छन्, ‘त्यो पहिल्यै अनुमति लिइसकेको कार्यक्रम भएकाले रोक्न मिलेन।’

यसरी सरकारले कोरोनाको उच्च जोखिममा पर्ने महानगरभित्रको भीडभाड रोक्ने मामलामा सरकारले दोहोरो मापदण्ड अपनाएको देखिन्छ।

भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै सीमा जोडिएका ठाउँहरू जोखिममा देखिन्छन्। विराटनगर महानगर त्यही मध्येको एक हो।

प्रकाशित मिति: : 2021-04-14 11:09:00

प्रतिकृया दिनुहोस्