ड्राइभर हुँदा दुबै खुट्टा गुमाएका तेजबहादुरले हरेस खाएनन्, ह्विलचियरमै घुमे संसार

राजेश घिमिरे

ओखलढुंगा घर भएका तेजबहादुर कार्कीको दुइटै खुट्टा छैनन्। २०५७ माघ २३ गते पृथ्वी राजमार्गमा भएको दुर्घटनामा उनले आफ्ना खुट्टा गुमाए। दुर्घटनापछि अस्पतालको शैयामा पुगेका उनलाई ह्वील चियरसम्मको यात्रा तय गर्न पनि तीन वर्ष कुर्नुपर्‍यो।

त्यसपछिका दिनमा भने उनी कहिल्यै रोकिएनन्। बितेका १६ वर्षमा उनले नेपालका ७४ वटा जिल्ला र एसियाका ३४ वटा देश घुमेर सके।

२०२१ सालमा जन्मिएका तेजबहादुरले २० वर्षको छँदा ट्रक चलाउन थालेका थिए। पछि उनी बसका चालक बने।

काठमाडौंदेखि काँकडभिट्टा चल्ने बस चलाउँथे। ड्राइभरीबाट जीवन ठिकठाक चल्दै थियो तर एउटा रात तेजबहादुरको जीवनमा अभिशाप बनेर आइदियो।

काँकडभिट्टाबाट यात्रु बोकेर काठमाडौं हुइँकिरहेको उनको बसमा प्राविधिक गडबडी देखियो। उनले त्यसलाई नियन्त्रणमा लिन सकेनन्। बस धादिङको जोगिमारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खस्यो। दुर्घटनामा ३२ जनाले ज्यान गुमाए। उनी घाइते भएर काठमाडौंको शिक्षण अस्पतालमा पुगे।

प्रकाशित मिति: : 2021-04-14 21:37:00

प्रतिकृया दिनुहोस्