तीन दलको गठबन्धनमा बाधक को ?

नेता भन्छन्– अब अविश्वासको प्रस्ताव दर्ता हुन्छ !

रातोपाटी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेदेखि नै तीन दल (नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी) पार्टीले गठबन्धन बनाउन प्रयास गरे।

तर, त्यो गठबन्धनको प्रयास अहिलेसम्म सफल भएको छैन। प्रयास भने अझै जारी छ। यो प्रयास सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन्।

मंगलबार तीन दलका शीर्ष नेताहरुबीच छुट्टाछुट्टै छलफल भएका छन्। सुरुमा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरे।

साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भयो।

प्रकाशित मिति: : 2021-04-15 10:59:00

प्रतिकृया दिनुहोस्