कोरोना भाइरस नेपाल: चीनमा निर्मित कोभिड खोप लगाउन 'भारतीय व्यापारीहरू आउन थालेपछि कडाइ'

बिबिसी

काठमाडौं
Breaknlinks
Breaknlinks

बुधवार काठमाण्डूको टेकु अस्पतालमा कोभिड खोप लगाउन आएका केही मानिसहरूले सूटकेस र लामो यात्रामा प्रयोग हुने झोला बोकेको देखेपछि त्यहाँका कर्मचारीहरू झस्किए।

परिचयपत्र माग्दा ती आगन्तुकले भारतीय राहदानी देखाएको त्यहाँका कर्मचारीहरू बताएका छन्।

त्यसपछि मात्र आफूहरूले कोभिड खोप वितरण सेवाको "दुरुपयोग" भइरहेको थाहा पाएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बीबीसीलाई बताए।

उनले भने, "हामीले उनीहरूलाई खोप नलगाइदिने भनेपछि त्यहाँ झैझगडाकै अवस्था सिर्जना भयो। कतिपयले विभिन्न तरिकाले दबाव दिन पनि खोजे।"

त्यसपछि अस्पतालले बुधवार खोप वितरण नै रोक्नुपर्ने स्थिति उत्पन्न भयो।

उक्त घटनापछि बल्ल भारतीय नागरिकहरूले केही दिनदेखि नै त्यसरी खोप लगाउने गरेको सरकारी निकायले थाहा पायो।

प्रकाशित मिति: : 2021-04-15 20:03:00

प्रतिकृया दिनुहोस्