बिहिबार राति ९ बजे अचानक हावाहुरी चलेको छ।
काठमाडौँ आसपासका जिल्लाहरुमा पनि मेघ गर्जनसहित हावाहुरी चलेको हो। हावाहुरीले मानवीय क्षति नगरेपनि विभिन्न स्थानहरुमा भौतिक क्षति गरेको बताईएको छ।
प्रि मनुसुनको रुपमा हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन्।मानन्धरका अनुसार अझै एकुदई दिन मेघगर्जन र चट्याङसहित हावाहुरी चल्ने छ। उनका अनुसार भोली र पर्सि वर्षा हुने सम्भावना छ। साथै उनले सबैलाई सर्तक रहन पनि आग्रह गरिन्।
हावाहुरीले काठमाडौंका अधिकांश स्थानमा बिजुली गएको छ।