आईपीएल: राजस्थानले निकाल्यो पहिलो जित

आईपीएलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। 

बिहीबार रातिको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ। 
 

प्रकाशित मिति: : 2021-04-16 06:25:00

प्रतिकृया दिनुहोस्