पारसले त्रिदेशीय क्रिकेट प्रतियोगिता गुमाउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। 

चोटका कारण पारसले प्रतियोगिता नखेल्ने भएका हुन्। केही दिनअघि प्रशिक्षणको क्रममा ‍फिल्डिङ गर्दा उनको दायाँ काँधमा चोट लागेको थियो। 

चिकित्सकको सल्लाहमा उनले तीन हप्ता आराम गर्नु पर्ने भएको छ।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। 

प्रकाशित मिति: : 2021-04-16 13:50:00

प्रतिकृया दिनुहोस्