प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रस्तावलाई सभामुख अग्नि सापकोटाले स्वेच्छाचारी ढंगले रोकेको बताएका छन्।
बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले संसदबाट कुनै पनि काम हुन नदिएको बताएका हुन्।
तीन निष्कर्ष निकाल्दै सर्वदलीय बैठक सकिएको छ। बैठकका निष्कर्षहरु यस्ता छन्ः
१. सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन। दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ। बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ। निर्णय जे गर्ने हो, सदनले गर्छ।
२. स्थानीय तह, प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानूनबमोजिम छिट्टै गर्नुपर्छ।
३. कोभिड- १९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्छ ।