कोरोना संक्रमणबाट भारतका वरिष्ठ साहित्यकार कोहलीको निधन

भारतका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको निधन भएको छ।

कोरोना भाइरसबाट संक्रमित उनको दिल्लीस्थित सेन्ट अस्पतालमा निधन भएको हो। 

डा. नरेन्द्रले पौराणिक कथामा आधारित 'अभ्युदय', 'युद्ध', 'वासुदेव', 'अहल्या' जस्ता प्रसिद्ध पुस्तक लेखेका छन्। 'आधुनिक तुलसी'को रुपमा उनले हिन्दी साहित्यमा महाकाव्यात्मक उपन्यास विधाको सुरुवात गरेका थिए।

भारतमा उनको पौराणिक तथा ऐतिहासिक लेखनकाे चौतर्फी प्रशंसा हुन्छ। उनले भारतीय प्रसिद्ध 'पद्म भूषण पुरस्कार' समेत पाएका थिए।

प्रकाशित मिति: : 2021-04-18 08:15:00

प्रतिकृया दिनुहोस्