सरकारले फिल्म हल पुनः बन्द गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषद बैठकले फिल्म हल पुनः बन्द गर्ने निर्णय गरेको हो।
कोरोना महामारीको कारण लामो समयदेखि बन्द भएका फिल्म हल गत वर्ष फागुनमा खुलेको थियो।
कोरोना संक्रमण बढेसँगै खुलेको ३ महिनामै फिल्म हल पुनः बन्द हुने भएका हुन्।
बैठकले फिल्म हललगायत भिडभाड हुने क्षेत्रलाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
गतवर्ष फागुनबाट फिल्म हल खुलेपनि दर्शकको उपस्थिति न्यून रहेको थियो।
यो अवधि थोरै मात्रमा फिल्महरु रिलिज भएका थिए। भने कोरोनाकै त्रासले रिलिज मिति तोकेका फिल्म पनि स्थागित भएका थिए।