बालुवाटारमा प्रधानमन्त्रीले पूजाआजा गरेपछि चितवनको अयोध्यापुरीमा पठाइयो मूर्ति

File Photo - setopati.com
File Photo - setopati.com

चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ती मूर्ति चितवन लैजानुपहिले पूजाआजा गरेका हुन्। प्रधानमन्त्री ओलीले विधिवत् रूपमा पूजाआजा गरेपछि रथयात्रा गरेर आज चितवन पठाइएको छ।

बालुवाटारमै ओलीले राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति हस्तान्तरण गरेपछि रथसहितको कलशयात्रा चितवनतर्फ लागेको हो।

प्रकाशित मिति: : 2021-04-20 10:18:00

प्रतिकृया दिनुहोस्