रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रीय कार्यसमिति मंगलबार गठन भएको छ।
भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको नेकोसको राष्ट्रिय कार्यकर्ता भेलाले कार्यसमिति गठन गरेको हो। केन्द्रीय कार्यसमितिको अध्यक्षमा रमेश पौडेल तथा महासचिवमा मेघराज पौडेल रहने गरी ५ सय ५१ कार्यसमिति गठन गरिएको हो।
भेलाको पूर्व मन्त्री कर्णबहादुर थापा र नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेज गुरुङ, राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्णा श्रेष्ठ, मान्देव हजार, पुरेन्द्रविक्रम लाखे, रेणुका श्रेष्ठ, इन्दिरा निरौलालगायतको उपस्थिति रहेको थियो।