एड उडवार्डले म्यानचेस्टर युनाईटेडसँगको १६ वर्षको लामो सम्बन्ध टुङ्गाएका छन्।
उडवार्डले कार्यकारी उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन्। उनी सन् २००५ देखि युनाईटेडमा छन्। उडवार्ड सन् २०१२ मा कार्यकारी उपाध्यक्ष बनेका थिए।
उनले राजीनामा दिदैँ भनेका छन्, 'युनाइटेडमा कान गर्न पाएकोमा म गर्व महसुस गर्छु।'
गत आइतबार युरोपियन सुपर लिगमा जोडिएपछि उनी विवादित बनेका थिए।