खाद्य प्रणालीसँग जोडिन हौसिएको कौशी खेती

देशसञ्चार

काठमाडौँ

खाद्य सुरक्षा, वातावरण र स्वास्थ्यका चुलिँदो समस्याले मानिसलाई कौशी खेतीले अलमल्याउन थालेको छ।

आवास प्रयोजनकालागि मात्रै निर्मित घरका छत र कौशी (बार्दली)लाई खेतीकै विकल्पमा परिणत गर्नु उपयुक्त हो कि होइन भन्ने तथ्य र दीगो नीतिगत अवधारणामाथि बहस हुन जरुरी छ।

सुरक्षाका हिसाबले कम जमिनमा बनाइने वातावरणमैत्री, हलुङ्गा र सुविधायुक्त एकीकृत साना घरको मान्यता धेरै कारणले शास्वत हुँदै गएको छ। सहरी विकासको अवधारणा र आवासमा प्रयोग हुने सामग्रीमा पनि व्यापक परिवर्तन हुँदै गएको छ; त्यसैगरी खेतीको अवधारणामा पनि।

परिवर्तित अवधारणालाई अवलम्बन गरेर सहरमा बस्ने मानिसलाई खाद्य प्रणालीसँग जोड्दै खाद्य सुरक्षा, वातावरण र स्वस्थ जनजीवन हाँसिल गर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-04-21 10:51:00

प्रतिकृया दिनुहोस्