चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो।
मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो।
कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश कार्तिकले ४० रन बनाए।
चेन्नईका दिपक चाहरले ४ विकेट लिए। लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।
चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले।
मोइन अलीले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए। रविन्द्र जडेजा ६ रनमा अविजित रहे।
कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए। जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ।