‘कबड्डी ४’ मा निश्चल, रिश्मा र उपासना नहुने

ThuloParda
ThuloParda

रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म  ‘कबड्डी ४’ असोज १५ गते रिलिज हुने भएको छ।

‘कबड्डी’ को अन्तिम सिरिज भएकाले फिल्ममा पहिलो पार्टदेखि तेस्रो पार्टसम्म अभिनय गर्ने सबै कलाकार दोहोरिने बताइएको थियो। तर, फिल्ममा ‘कबड्डी’ सिरिजका केही प्रमुख कलाकारको अभिनय नरहने भएको छ। 

तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टका नायक निश्चल बस्नेत र तेस्रो सिरिजकी नायिका उपासना सिंह ठकुरी फिल्ममा नहुने भएका छन्। 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामाको अभिनय रहने बताइएको छ।
 

प्रकाशित मिति: : 2021-04-22 13:18:00

प्रतिकृया दिनुहोस्