त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर २१७ रन बनायो।
यो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो। नेपालका लागी कुशल भुर्तेललाई १६ रनको योगदान गरे।
आसिफ शेखले ४२ तथा करण केसीले ४५ रन जोडे। करणले १३ बल खेल्दै ७ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए ।