टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी

ACC
ACC

लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्रीकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनेले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन्। 

मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन्। हाल जारी त्रीकोणात्मक सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेका छन्।

नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा बिहिबारको खेलमा तीन विकेट लिएका हुन्। लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत  बनाएका छन्।

उनले २५ टी–२० खेलमा ४५ विकेट लिएका छन। यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो। उनले ३२ खेलमा ४१ विकेट लिएका थिए। टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेले भने विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेका छन्। 
 

प्रकाशित मिति: : 2021-04-22 21:31:00

प्रतिकृया दिनुहोस्