बार्सिलोनाले गेटाफेलाई ५ गोल अन्तरले पराजित गर्यो

बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको छ। 

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरेका हुन्। त्यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल गरे।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी भयो। २८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता बनाएको हो। 

खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए।

६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३–२ को स्थितिमा आयो।

खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४–२ ले अघि रहेको थियो।
 

प्रकाशित मिति: : 2021-04-23 07:28:00

प्रतिकृया दिनुहोस्