होटलबाट युवतीसहित पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध बलात्कार मुद्दा

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्तीकरणी मुद्दा दर्ता भएको छ।

यादवलाई गत बुधबार सुनसरीको धरान–४ स्थित डुकु होटलबाट एक युवतीसंग आपत्तिजनक अवस्थामा भेटिएछि प्रहरीले पक्राउ गरेको थियो।

यादवविरुद्ध बिहीबार जबर्जस्तीकरणी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि यादवलाई जबर्जस्तीकरणी मुद्दा दर्ता गर्ने तयारी गरेको थियो। बिहीबार भने किशोरीले नै जाहेरी दिएकी थिइन्।

यादव तत्कालीन संघीय समाजवादी फोरमबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

किशोरीले जागिरको प्रलोभन देखाएर आफ्नो इच्छा विपरित करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जागिर दिने प्रलोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघिदेखि नियमित यौन शोषण गर्दै आएका थिए।



होटेलबाट गाउँपालिका अध्यक्ष युवतीसँग रंगेहात पक्राउ

प्रकाशित मिति: : 2021-04-23 14:41:00

प्रतिकृया दिनुहोस्