कोरोना भाइरस नेपाल: सङ्क्रमितको सङ्ख्या बढिरहँदा अक्सिजनको उपलब्धताको अवस्था कस्तो छ?

बिबिसी

काठमाडौं

भारतमा कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मेडिकल अक्सिजनको ठूलो अभाव हुन थालेको खबरमाझ नेपालमा अहिले अक्सिजनको अभाव नहुने सरकार तथा व्यवसायीले बताएका छन्।

धेरैजसो ठूला अस्पतालमा अक्सिजन प्लान्ट रहेको र उद्योगहरूले पनि अक्सिजन उत्पादन गर्दा अक्सिजनको अभाव हुने अवस्था अहिले नरहेको उनीहरूको दाबी छ।

सङ्क्रमितको सङ्ख्या र अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि बिहीवार स्वास्थ्य मन्त्रालयले अक्सिजनको उपलब्धताबारे व्यवसायीहरूसँग छलफल गरेको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अधिकारी भन्छन्, 'अहिलेको अवस्थामा समस्या छैन। र, सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि धान्न सक्छौँ भन्ने छ।'

प्रकाशित मिति: : 2021-04-23 15:18:00

प्रतिकृया दिनुहोस्