माधव नेपाल एमाले खोस्ने अभियानमा हुनुहुन्छ: प्रधानमन्त्री ओली

File photo
File photo

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्ष नेता माधवकुमार नेपाल एमाले खोस्ने अभियानमा लागेको बताएका छन्।

शुक्रबार बसेको एमालेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन्। 

मेरियट होटलमा २ दिनसम्म नेता नेपालसँग भएको 'वान टु वान' वार्ताबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले भने, 'उहाँ सच्चिने लाईनमा हुनुहुन्न। माधव नेपाल मिलेर पार्टी बनाउने होईन, एमाले नै खोस्ने अभियानमा हुनुहुन्छ। तर खोस्न सके पो खोस्नुहुन्छ !'

विधि र प्रकृयाविरूद्व माधव नेपाल अघि बढेको प्रधानमन्त्री ओलीले बताएको बैठकमा सहभागी केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-04-23 19:51:00

प्रतिकृया दिनुहोस्