आईपीएलः मुम्बईमाथि पन्जाबको जित

आईपीएलमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। पन्जाबको जितमा लोकेश राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

उक्त जित पन्जाबको लिगमा दोस्रो जित हो। ५ खेलमा ४ अंक जोडेर पन्जाब तालिकाको पाँचौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-24 06:11:00

प्रतिकृया दिनुहोस्