नेपाल सुपर लिग (एनएसएल) आजदेखि सुरु हुँदैछ।
नेपाल सुपर लिग नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता हो। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकलाई प्रवेशको लागि अनुमति भने दिइएको छैन। कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा ७ टिमको सहभागिता रहने बताइएको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् भने उपविजेताले १५ लाख पाउने छन्।